डेल्टा र ओमिक्रोन संक्रमणले सुनामी ल्याउने डब्लूएचओकाे चेतावनी

१५ पुस, काठमाडौं । डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले कोभिड घटनाहरूको एउटा डरलाग्दो सुनामी ल्याउन लागिरहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले बताएका छन् । 

डब्लूएचओका प्रमुखले दुईवटा भेरियन्टको चुनौतीले समग्र घटनाको चाप बढाएको भन्दै चेतावनी दिएका छन् ।

frontline

डब्लूएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले अहिले डेल्टा र ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र गतिमा बढ्दै गएको बताए ।

‘थकित स्वास्थ्यकर्मीमा यसले निकै उच्च चाप थप्नेछ र थपिसकेको पनि छ । स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्थानजिक पुगेका छन्,’ उनले भने ।

अमेरिका तथा युरोपका विभिन्न देशमा क्रिसमसपछि कोरोना भाइरसबाट संक्रमित भएकाहरूको संख्या अत्यधिक देखिएको छ । 

फ्रान्समा बुधबार एकैदिन २ लाख ८ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यस्तै, अमेरिकामा पछिल्लो एक हप्तामा दैनिक रूपमा औसत २ लाख ६५ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

डेनमार्क, पोर्चुगल, बेलायत, अस्ट्रेलियासहितमा संक्रमण उच्च देखिएको छ । पोल्याण्डमा बुधबार कोभिड–१९ का कारण ७९४ जनाको ज्यान गएको छ । ज्याउन गुमाउनेमा तीनतिहाइभन्दा बढी खोप नलगाएकाहरू छन् ।

अध्ययनले ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र भए पनि गम्भीर बिरामी पार्ने सम्भावना डेल्टाको भन्दा ३० देखि ७० प्रतिशत कम रहेको देखिएको छ । तर, संक्रमण तीव्र हुँदा स्वास्थ्य सेवालाई गम्भीर रूपमा प्रभावित बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here