डेम्बेको ह्याट्रिकमा फ्रान्स विजेता
फिफा विश्वकप २०२६ को समूह चरणको अन्तिम खेलमा नर्वेलाई ४-१ ले हराउँदै फ्रान्स समूह विजेता बनेको छ। फ्रान्ससँग पराजित भएको नर्वे भने उपविजेताको रूपमा नकआउटमा प्रवेश गरेको छ।
शनिबार बिहान बोस्टन स्टेडियममा भएको खेलमा फ्रान्सले नर्वेलाई ४-१ले हरायो। फ्रान्सका लागि तीन गोल ओस्मान डेम्बेलेलेको नाममा रह्यो। चौथो गोल भने थप गरिएको अन्तिम समयमा डिजायर डुएले गरे।
खेलको सातौं मिनेटमा डिम्बेले पहिलो गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। त्यसपछि २० औं मिनेटमा डम्बेलेले फेरि अर्को गोल थप्दै फ्रान्सलाई २-०को अग्रतामा ल्याएका थिए।


खेलको २१ औं मिनेटमा नर्वेले गोल फर्कायो। नर्वेका लागि थेलो आसगार्डले गोल फर्काएका हुन्। डेम्बलेले ३२ औं मिनेटमा आफ्नो ह्याट्रिक पूरा गरे।
जारी विश्वकपमा यो तेस्रो ह्याट्रिक हो। यसअघि अर्जेन्टिनाका कप्तान मेस्सीले र क्यानाडाका जोनाथन डेविडले ह्याट्रिक पुरा गरेका थिए।
फ्रान्सको लागि निर्धारित ९० मिनेटको थप गरिएको इन्जुरी समयको चौथो मिनेटमा डिजायर डुएले चौथो गोल गरे।
इराकविरुद्ध फराकिलो जित
शनिबार बिहान यसै समूह अन्तर्गत भएको दोस्रो खेलमा टोरोन्टो स्टेडियममा भएको खेलमा सेनेगलले इराक विरुद्ध ५-०को जित दर्ता गर्यो।
इराकविरुद्ध फराकिलो जित दर्ता गर्दै सेनेगलले उत्कृष्ट ३ भित्र पर्दै नकआउटमा खेल्ने सम्भावना बलियो पारेको छ। खेलको १३ औं मिनेटमा नै १० खेलाडीमा सीमित भएको इराकमाथि सेनेगलले रबाफिलो जित दर्ता गरेको हो।
खेलको चौथो मिनेटमा हबी दियाराले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए। पहिलो हाफ १-०को अग्रतामा सकिएको थियो। खेलको ५६ औं मिनेटमा इस्माइला सार्रले गोल गर्दै खेललाई २-०को स्थितिमा पुर्याएका थिए। त्यसपछि भने सेनेगलको गोल गर्ने क्रम रोकिएन। खेलको ५९ औं मिनेटमा ७१ औं मिनेटमा र ८२ औं मिनेटमा गोल भए।
खेलको ५९ औं र ७१ औं मिनेटमा पापे गुइएले गोल गर्दा ८२ औं मिनेटमा इलिमान एनडीएले गोल गरे। इराकले भने जित विहीन बन्दै विश्वकपको यात्रा सकाएको छ।






प्रतिक्रिया दिनुहोस्