डेनमार्कका मीडफिल्डर एरिकसन अस्पतालबाट डिस्चार्ज

काठमाडौं । डेनमार्कका मीडफिल्डर क्रिश्चियन एरिकसन अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

उहाँको मुटुको शल्यक्रिया गरिएको छ ।

frontline

२९ वर्षीय डेनमार्कका मीडफिल्डर एरिकसनको फिनल्याण्ड बिरुद्धको यूरो कप फुटबल २०२० अन्तगर्तको खेलमा कोपेनहेगनमा गत् शनिबार मैदानमै हृदयघात भएको थियो ।

तात्कालै मैदानमा ढल्न पुगेका एरिकसनको आपातकालीन उपचार गरिएपनि होसमा नआएपछि अस्पताल भर्ना गरिएको थियो ।

शुक्रबार उहाँको उपचार भइरहेको अस्पतालमा टोलिका सदस्यले भ्रमण गरेका थिए । लगत्तै उहाँ आफ्नो परिवारजनसँग घर फर्किनुभएको छ ।

एरिकसनले एक वक्तब्य जारी गरी प्रशंसकलाई स्वास्थ्य लाभको कामना गरेकोमा आभार प्रकट गर्नुभएको छ ।

उहाँले शल्यक्रिया सफल भएको र आफू राम्रो अवस्थामा रहेको बताउनुभएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here