डेंगुबाट चितवनमा एक महिलाको मृत्यु
१३ असोज, चितवन । डेंगुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेंगुका कारण मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेंगु पुष्टि भएको थियो ।
उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको थियो । जिल्लामा हालसम्म सात सय ४३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस्