डुडुरे खोलाले बगाएर एक व्यक्ति वेपत्ता

शुक्रबार, गोरखा । आरुघाट गाउँपालिका–१ मान्वुस्थित डुडुरे खोलाले बगाएर एक व्यक्ति वेपत्ता भएका छन् ।

गोरु किनेर घर फर्कदै गर्दा सोही श्याम्चेतका स्थानीय ४२ बर्षीय सानुकमल गुरुङलाई खोलाले वगाएको हो ।

frontline

‘एक हल गोरु किनेर गोरुधनी सँगै आफ्नो घर फर्कदै रहेछन्,’ डीएसपी प्रकाश दाहालले भने, ‘खोला तर्ने क्रममा गुरुङलाई बगाएछ ।’

गोरुधनी नरबहादुर गुरुङले छरछिमेक र निजका आफन्तलाई खबर गरेपछि प्रहरीलाई जानकारी भएको उनले बताए

मान्वु प्रहरी चौकीबाट खटिएको प्रहरीले टोलीले स्थानीयको सहयोगमा वेपत्ता गुरुङको खोजी कार्य गरिरहेको डीएसपी दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here