डीआईजी शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको विशेष ब्यूरोको नेतृत्व गरिरहेका शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा सिफारिसमाथि एक साताभित्र मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- गृह मन्त्रालयले प्रहरी नायव महानिरीक्षक सिद्धिविक्रम शाहलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ।
- सिफारिसमाथि एक साताभित्र मन्त्रिपरिषद्ले निर्णय गर्नेछ, र यसअघि ४ वैशाखमा भएको बढुवामा उनी छुटेका थिए।
- सत्तारुढ नेपाली कांग्रेसको दबाब र अडानका कारण केही समय बढुवा रोकिएको थियो।
६ जेठ, काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) सिद्धिविक्रम शाहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको विशेष ब्यूरोको नेतृत्व गरिरहेका शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा सिफारिसमाथि एक साताभित्र मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।
यसअघि ४ वैशाखमा भएको एआईजी बढुवामा उनीसहित राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोली छुटेको थियो ।
शाहलाई एआईजीमा बढुवा गर्न सत्तारुढ नेपाली कांग्रेसको तीव्र दबाब थियो । तर, बालुवाटारले २०५४ सालमा भर्ना भएका राजन अधिकारी र डा. मनोज केसीलाई समेट्ने अडान राखेपछि केही समय बढुवा सिफारिस रोकिएको थियो । अन्तिममा उनी बढुवाबाट छुटेका थिए ।
राअविबाट स्थान्तरण भएर आएका अधिकृतहरु अहिले डीआईजी बढुवाका लागि समेत प्रतिष्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस्