डिप बोरिङ समाधान होइन भन्दै काठमाडौंमा मधेशका युवाहरूको प्रदर्शन (तस्वीरहरू)

सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर संघ सरकार र प्रदेश सरकार डिप बोरिङ गाड्ने जस्ता अल्पकालीन योजनामा लागेको भन्दै युवाहरुले आक्रोश पोखेका छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • सरकारले मधेशलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरेको छ तर दिर्घकालीन योजना नल्याएको भन्दै युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।
  • मधेशका युवाहरुले डिप बोरिङ समस्याको समाधान होइन, दिगो समाधानको व्यवस्था गर भन्दै माइतीघरमा सरकारको ध्यानाकर्षण गराएका छन्।
  • युवाहरुले चुरे संरक्षणमा जोड दिन, किसानलाई तत्काल राहत प्याकेज र २४ घण्टा नि:शुल्क बिजुली उपलब्ध गराउन माग गरेका छन्।

१६ साउन, काठमाडौं । सरकारले मधेशलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरेपनि दिर्घकालीन योजना नल्याएको भन्दै युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर संघ सरकार र प्रदेश सरकार डिप बोरिङ गाड्ने जस्ता अल्पकालीन योजनामा लागेको भन्दै युवाहरुले आक्रोश पोखेका छन् ।

‘डिप बोरिङ समस्याको समाधान होइन, दिगो समाधानको व्यवस्था गर’ जस्ता नारा लगाउँदै मधेशका युवाहरु शुक्रबार काठमाडौंको माइतीघरमा भेला भएर सरकारको ध्यानाकर्षण गराएका छन् ।

चुरे संरक्षणमा जोड दिनुपर्ने भन्दै उनीहरुले सुक्खा प्रभावित किसानहरुलाई तत्काल राहत प्याकेजको व्यवस्था गर्न माग गरेका छन् ।

यस्तै किसानलाई २४ घण्टा नि:शुल्क बिजुली उपलब्ध गराउनुपर्ने, तराई–मधेशका किसानलाई नगद क्षतिपूर्ति दिनुपर्ने लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर युवाहरु प्रदर्शनमा उत्रिएका थिए ।

मधेश कृषि–जल आन्दोलन संघर्ष समितिको ब्यानरमा युवाहरू भेला भएका थिए ।

 हेर्नुहोस् तस्वीरहरू 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here