डिआइजीको कुदाकुद आफ्नैनिम्ति प्रत्युत्पादक

सशस्त्र प्रहरी बल नेपालको रिक्त अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) बढुवा प्रक्रिया अझै अगाडि बढ्ने लक्षण छैन । गृह मन्त्रालयले पहिले तल्लो तहको बढुवा सकाउन हलचोकलाई दबाब दिएको अवस्था छ । तर, प्रशासनिक नियमानुसार आन्तरिक बढुवा माथिल्लो तहबाट गर्दै आउनुपर्ने हुन्छ ।

यस्तो किन भएको होला ?’ भनेर सोधिएको जिज्ञासामा गृह स्रोत भन्छ, ‘बढुवामा दुई डिआइजीको घरदैलो चर्को भयो । त्यसैमा अरुले खेल्ने मौका पाए । यसरी अल्मल्याउँदा राजनीतिक नेतृत्वले मोलमोलाइ गर्ने अवसरसमेत पाएको बताइन्छ ।’

frontline

बढुवाका लागि फर्म भर्ने नौ जना डिआइजीमध्ये वरिष्ठताका आधारमा कमल गिरी र गणेश ठाडाको अतिरिक्त मेहनत हुने नै भयो । फर्म भर्ने अन्यमा शम्भु सुवेदी,कुलबहादुर नेम्वाङ,प्रदिप पाल,लक्ष्मण सिंह,सुरेश श्रेष्ठ,कालीदास धौबजी छन् ।

एआइजी चन्द्रप्रकाश गौतम अवकाशमा गएपछि पद रिक्त भएको हो । उनलाई सीमा विभाग हेर्ने जिम्मेवारी दिइएको थियो । त्यसपछि डिआइजी कमल गिरी लाई निमित्तको जिम्मेवारी दिइयो । उनी पनि लामो समय बिदा बसिदिए र त्यो बिभाग अहिले भावी आइजिपी नारायणदत्त पौडेलले हेरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here