डा. सिंहलाई कालोमोसो दल्ने व्यक्ति पक्राउ नपरेको मा स्वास्थ्यकर्मीद्वारा प्रहरी कार्यालयमा धर्ना

बुटवल । राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दल्ने व्यक्ति पक्राउ नपरेको भन्दै स्वास्थ्यकर्मीले प्रहरी कार्यालयमा धर्ना दिएका छन् ।

अस्पताल विकास समितिका पदाधिकारी, अस्पतालका चिकित्सक र कर्मचारी, निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीले संयुक्त रुपमा शनिबार इलाका प्रहरी कार्यालय तुलसीपुरमा धर्ना दिएका हुन् । प्रहरीले यस विषयमा चासो नदिएको उनीहरुको आरोप छ ।

frontline

शुक्रबार दिउँसो पौने २ बजेतिर एमाले निकट अनेरास्ववियू दाङका जिल्ला अध्यक्ष सर्जन परियार, दिवस क्षेत्री, गणेश खड्कासहित युवाहरुले डा. सिंहमाथि कालोमोसो दलेर दुव्र्यबहार गरेका थिए ।

अस्पतालमा नभएको कल्चर सेवा विषयमा विवाद हुँदा परियारसहितको टोलीले डा. सिंहमाथि कालोमोसो दलेका थिए ।

घटनाको विरोधमा आइतबार बिहान ८ बजे विरोध जुलुस निकाल्ने र आइतबार थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here