डा. गोविन्द केसी सत्याग्रह बस्ने तयारीमा

२७ भदौं, धनगढी । डा. गोविन्द केसी धनगढीमा सत्याग्रह बस्ने तयारीमा हुनुहुन्छ ।

चिकित्सा शिक्षा अभियन्ता प्रा.डा. गोविन्द केसी २०औँ सत्याग्रह बस्न धनगढी पुग्नुभएको छ ।

frontline

केसी सोमबार साँझ ५ बजेदेखि २०औँ सत्याग्रह बस्ने जनाइएको छ ।

डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साता अल्टिमेटम दिनुभएको थियो । डा. केसीले ‘हिजोसम्म सरकारको तर्फबाट माग सम्बोधन या वार्ता केही होला कि भन्ने थियो तर सरकारको पक्षबाट कुनै रेस्पोन्स नआएकाले म सत्याग्रहका लागि धनगढी आएको हु।’ भन्नुभयो ।

डा. केसीले प्रधानमन्त्री देउवाले समय मागेर सोमबारसम्म झुलाए पनि अहिलेसम्म रेस्पोन्स नगरेको गुनासो गर्नुभयो ।

उहाँले सुरक्षाको कारण स्थान भने तय नभएको बताउनुभयो । डा. केसीले आफूले राखेका माग र समाधानको खाका समेत सरकारलाई बुझाइ सक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here