डा गोविन्द केसी तत्काल अनसन नबस्ने

बुधवार, काठमाडौँ । चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत डा गोविन्द केसी तत्काल अर्को अनसन नबस्ने भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार भेटवार्ता गरेपछि डा केसीले अर्को अनसन स्थगित गरेका हुन् ।

frontline

यसअघि उनले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको राजीनामा सहित पाँच बुँदे माग राख्दै भदौ ३ गतेदेखि आमरण अनसन बस्ने चेतावनी दिएका थिए ।

तर प्रधानमन्त्री देउवाले मंगलबार बालुवाटारमा बोलाएर डा केसीसँग वार्ता गरेका हुन् ।

प्रधानमन्त्रीले डा केसीका मागको उपयुक्त समयमा सम्बोधन गर्ने तथा सार्वजनिक पदमा नियुक्ति गर्दा हुने स्वार्थहरुको द्वन्द्व रोक्न कानून बनाउने प्रतिवद्धता जनाएपछि डा केसीले तत्काल आमरण अनसन रोक्ने घोषणा गरेका हुन् ।
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here