डा.कोइराला : नागरिकता मधेसको मात्र समस्या होइन

फाइल फोटो

 काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नागरिकता मधेसको मात्र समस्या नभएको बताएका छन् ।

तर नागरिकतालाई लिएर भ्रम फैलाउने काम हुने गरेको उनले बताए ।

frontline

शनिबार भर्चुअल माध्यमबाट आयोजना गरिएको ‘मधेस मन्थन : नेपाली कांग्रेस र मधेस’ कार्यक्रममा नेता कोइरालाले नागरिकतासम्बन्धी विषयमा अनावश्यक शंका नगर्न आग्रह गरे ।

२०६२/६३ सालपछि नेपालमा वितरण भएको नागरिकताको तथ्यांक सुनाउँदै उनले भने, देशभर २६ लाख १७ हजार नेपालीले नागरिकता पाएका छन् ।

१३ लाख नागरिकता पहाड र हिमालमा बाँडिएको छ ।’

उनले अघि भने, ‘जम्मा १२ लाख मधेस र तराईमा हो ।

यसमा पनि पहाडबाट मधेसमा झरेका छन् ।

बाँकी एक लाख १७ हजार चाहिं १५ वर्ष नेपालमा बसेका नागरिकका सन्तानलाई जन्मसिद्धका आधारमा दिइएको छ ।

तर २० लाख त मधेसमा मात्रै बाँडियो भनेर भ्रम फैलाइयो ।’

तर सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयनमा सर्वाेच्च अदालतले रोक लगाउनु स्वभाविक भएको बताए ।

‘नागरिकता जस्तो संवेदनशील विषयलाई अध्यादेशबाट ल्याउनुहुन्छ ?

सर्वाेच्चले रोक्छ भन्ने थाहा हुँदाहुँदै ल्याइएको हो ।

मधेसका केही नेतालाई सरकारमा सहभागी गराउन ल्याइएको हो,’ उनले भने ।

नेता कोइरालाले मधेसको माग पहिचान, प्रतिनिधित्व र पहुँच भएको भन्दै त्यसमा कांग्रेसको साथ रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here