डाक्टर र स्वास्थ्य सामग्री बाेकेर गाेरखामा नारायणकाजी श्रेष्ठ

श्रोत : ईन्टरनेट

गाेरखा । नेपाल कम्युनिष्ट पार्टि  माओवादीका प्रवक्ता एवँ राष्ट्रिय सभाका साँसद नारायणकाजी श्रेष्ठ स्वास्थ्य सामग्री र डाक्टरहरुकाे टाेली सहित आफ्नाे निर्वाचन क्षेत्र गाेरखा आइपुगेका छन् ।

श्रेष्ठले साेमबार जिल्लाकाे पालुङटार नगरपालिका कार्यालय हुँदै आँपपिपल अस्पतालमा पुगेर विरामीहरुकाे स्वास्थ्य अवस्थाकाे बारेमा जानकारी लिएका छन् । उनले अस्पताल,सुरक्षाकर्मी, नगरपालिका लगायतलाइ अत्यावश्यक स्वास्थ्य सामग्री समेत प्रदान गरेका छन् ।

frontline

मँगलबार सिरान्चाेक गाउँपालिका र अजिरकाेट गाउँपालिका पुगेर श्रेष्ठले त्यहाँका जनताकाे स्वास्थ्य स्थितिबारेमा जानकारि लिनेछन् र अत्यावश्यक सहयाेग समेत गर्नेछन् । राेगका प्रकाेप बढेकाे स्थानमा अन द स्पाेट एन्टिजेन टेष्ट गरी नागरिकहरुकाे स्वास्थ्यमा साथ दिने कार्यक्रम रहेकाे टाेलिमा सहभागि उत्तरकुमार श्रेष्ठले जानकारी दिए ।

वैशाख २६ गते गाेरखा आएर नेता श्रेष्ठ फर्किएसँगै गाेरखा अस्पतालमा सुस्ता रुपमा भइरहेकाे मानविय कार्यले गति लिएकाे थियाे । अहिले अस्पतालमा ५० शैया क्षमताकाे शैयामा अक्सिजन प्लान्ट जडान भएकाे छ । अस्पतालका भाैतिक पुर्वाधार सम्पन्न नभैकन अक्सिजन प्लान्ट जडान नगर्ने चाहना राख्ने अस्पताल प्रशासन र नेता श्रेष्ठ वीच अस्पताल परिसरमा नै चर्काचर्की परेकाे थियाे । अक्सिजन अभावमा कुनै पनि नागरिककाे ज्यान गए राम्राे नुहने सन्देश श्रेष्ठले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here