ठुला नेताहरूले राजनीतिबाट विश्राम लिने घोषणा गरेमा अहिलेका आन्दोलन रोकिन्छन् : महामन्त्री थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ठुला दलका ठुला नेताहरूले राजनीतिबाट विश्राम लिने घोषणा गरे अहिले देखिएका सबै आन्दोलन रोकिने बताएका छन्।  

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा थापाले लोकतन्त्रमा एउटै जिम्मेवारीमा लामो समयसम्म एउटै अनुहार रहँदा समाजलाई स्वीकार गर्न कठिन भएकाले ठुला दलका ठुला नेताहरूले राजनीतिबाट विश्राम लिए अहिले देखिएको सबै आन्दोलन रोकिने बताएका हुन्। 

frontline

भ्रष्टाचार लगायत खराब काम भइरहेको भन्दै थापाले जनताले तेर्साएका प्रश्नहरूलाई नेतृत्व तहमा बसेकाहरूले गम्भीर रूपमा लिनुपर्ने जिकिर गरे। राजनीतिक दलहरूले आफूलाई फरक ठान्न सकेमात्रै विकृत गठबन्धनको राजनीति संस्कारलाई बाहिर निकाल्ने उनले बताए। 

त्यस्तै थापाले नेपालको राजसंस्था राजतन्त्रवादी भएकाले कहिले पनि संवैधानिक बनाउनै नसक्ने उल्लेख गरे। संवैधानिक राजसंस्था भनेर राप्रपाका नेताहरूले झुक्काउने काम गरेको उनले बताए। उनले मुलुकमा राजतन्त्र आउँदैमा देशमा देखिएको रोजगारी लगायतका समस्या समाधान हुन नसक्ने तर्क गरे।  

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here