ठाडो भर्याङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
२९ मंसिर, काठमाडाैँ । काठमाडौं महानगरपालिका–१५, ठाडो भर्याङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सिन्धुलीको मरिन गाउँपालिका–३ का २२ वर्षीय निर्मल लामाको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
आज बिहान करिब साढे ५ बजे सीतापाइलाबाट स्वयम्भूतर्फ आउँदै गरेको बा१ग ७६३ नम्बरको पर्यटक बसले विपरीत दिशाबाट जाँदै गरेको वाग्मती प्रदेश ०२ ०१८ प ४९४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुवै सवारीसाधन र बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्