ठमेलमा प्रहरी कुट्ने अखिल नेताविरुद्ध १४ दिनमै मुद्दा दर्ता

प्रहरीले यस्तो कसुरमा २४ दिनसम्म हिरासत राखेर अनुसन्धान गर्ने भए पनि सत्तारुढ दलनिकट विद्यार्थी संगठनका नेता जोशीको फाइल भने प्रहरीले दुई साता नपुग्दै अघि बढाएको थियो ।

११ फागुन, काठमाडौं । ठमेलमा प्रहरी कुट्ने विद्यार्थी नेताविरुद्धको काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । प्रहरी अनुसन्धान सकेर बुझाएको रायसहितको प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दर्ता गरेको हो ।

frontline

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशीसहित ६ जनालाई प्रतिवादी बनाइएको छ । सामान्यतया प्रहरीले यस्तो कसुरमा २४ दिनसम्म हिरासत राखेर अनुसन्धान गर्ने भए पनि सत्तारुढ दलनिकट विद्यार्थी संगठनका नेता जोशीको फाइल भने प्रहरीले दुई साता नपुग्दै अघि बढाएको थियो ।

जोशीका साथै गोपालबहादुर शाही, रमेशकुमार फुलारा, नवीनसिंह ऐर, दिनेश सिग्देल र सौजन्य शाहीलाई प्रतिवादी बनाइएको हो । उनीहरु मध्ये सौजन्य भने फरार छन् । उनलाई सरकारी वकिल कार्यालयले  प्रतिवादी बनाउँदै अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरेको हो ।

यो पनि पढ्नुहोस

अखिल नेता जोशीलाई पक्राउ पुर्जीबाट जोगाउन सच्याइएको थियो प्रहरीको कागजात

पहिलो पटक अभद्रको कसुर गरेकाको हकमा जिल्ला प्रशासन कार्यालय र दोस्रो पटकदेखि कसुर गरेकाको हकमा भने अदालतले मुद्दा हेर्ने व्यवस्था भएकोले सोही अनुसार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

अखिल नेता जोशी, दिनेश सिग्देल, गोपालबहादुर शाही भने पटके कसुरदार हुन् । उनीहरुविरुद्ध यसअघि पनि ज्यान मार्ने उद्योगको कसुरदेखि अभद्र व्यवहारको कसुरमा समेत मुद्दा चलेको थियो ।

प्रहरीको ऐनामा अखिल नेता जोशीको अनुहार

यो मुद्दाको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर केसीको इजलासमा परेको छ ।

यो समूहले २४ माघको राति ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गरेको थियो ।

जोशीको समूहबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्ट कुटिएका थिए । दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टिम (क्यूआरटी) को टोलीमाथि यो समूहले आक्रमण गरेको थियो ।

मध्यराति हो-हल्ला गर्दै हिँडेपछि प्रहरीले उनीहरूलाई सम्झाउन खोजेको थियो । तर, मोटरसाइकलमा सवार दुई प्रहरीको मोटरसाइकल लडाउँदै लौरो समेत फालिदिएका थिए ।

आक्रमणबाट प्रहरीको बर्दी च्यातिनुका साथै हेल्मेट समेत फुकालेर प्रहरीलाई उनीहरुले हिर्काएका थिए । जोशीले समेत प्रहरीलाई औंलो ठड्याउँदै चेतावनी दिएको भिडियोमा प्रष्ट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here