ट्राफिक लाइट जडान सुरु पोखरा

पोखराका मुख्यचोकहरुमा ट्राफिक लाइट जडानको काम सुरु भएको छ । पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक, जिरो किलोमिटरचोक र विरौटाचोकमा हाल ट्राफिक संकेत बत्ती जडानको काम सुरु भएको हो । 

पोखरा महानगरपालिकासँगको समन्वयमा सडक विभागले एक करोड ७० लाख रुपैयाँ लागतमा काम सुरु गरिएको हो । जिरो किलोमिटरका ५ वटा सेक्सन, सृजनाचोकका ४ वटा सेक्सन, सभागृहचोकका ३ वटा सेक्सन, पृथ्वीचोकका ४ वटा सेक्सन र बिरौटा चोकका ५ वटा सेक्सनमा ट्राफिक संकेत लाइटहरू जडान गरिने छन् । 

frontline

महानगरपालिका थप ५ वटा चोकहरूमा ट्राफिक संकेत लाइटहरू जडान लागि टेन्डर आह्वानको प्रक्रियामा रहेको छ ।  चिप्लेढुंगा, हल्लनचोक, राष्ट्रबैकचोक, रत्नचोक र हेमजाको मिलनचोकमा पनि ट्राफिक संकेत लाइटहरू जडान गरिने छन् । महेन्द्रपुलमा भने जडान भैसकेको छ । सडकको लेन व्यवस्थापन पछि सञ्चालनमा आउने छ ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यले ट्राफिक व्यवस्थापनका लागि ट्राफिक संकेत लाइटहरू आवश्यक रहेको बताए । सहरी क्षेत्रको ट्राफिक कन्ट्रोल गर्न कम जनशक्तिका बाबजुद लाइटहरू प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे। 

हाल पोखराका मुख्यचोकहरुमा हाइमास्ट लाइटहरू जडान भैसकेका छन् भने, १८ सय बढी सडक बत्तीहरू बल्ने क्रममा रहेका छन् । आगामी १ महिना भित्र ती बत्तीहरू बलि सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here