ट्राफिक कारबाही : मकवानपुरमा एक वर्षमा दुई करोड ४१ लाख राजस्व सङ्कलन

समाचार सारांश

  • मकवानपुर ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा २ करोड ४१ लाख राजस्व सङ्कलन गरेको छ।
  • आव २०८१र८२ मा ३० हजार ३४ सवारीसाधन कारबाहीमा परेका थिए।
  • सवारी दुर्घटनामा ५० जनाको मृत्यु र ९६५ जना घाइते भएका छन्।

मकवानपुर । मकवानपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षमा रु दुई करोड ४१ लाख ४५ हजार ५४ राजस्व सङ्कलन गरेको छ । 

frontline

उक्त कार्यालयका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालका अनुसार आव २०८१र८२ मा ट्राफिक नियम उल्लङ्घन गरेका ३० हजार ३४ सवारीसाधनबाट उक्त रकम सङ्कलन भएको हो ।

आव २०८०–८१ मा ४७ हजार ८९९ सवारीसाधनलाई कारबाही गरेर रु तीन करोड ६९ लाख ६७ हजार राजस्व सङ्कलन भएको थियो । मकवानपुरमा आव २०८१र८२ मा भएका ४०७ सवारी दुर्घटनामा  ५० जनाको मृत्यु भएको तथा ९६५ जना घाइते भएका थिए । 

#राजस्व सङ्कलन #ट्राफिक #राजस्व

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here