ट्रयाक खुलेपछि , नगरप्रमुख हंसराज भट्टलाई भव्य स्वागत

महाकाली नगरपालिका–५ धौलीगाडमा सडक पुगेको छ । नगरपालिकाको विकट गाउँका रुपमा चिनिने धौलीगाडमा सडकको ट्रयाक खुले सँगै ट्याक्टर पुगेको हो । गाउँमा ट्याक्टर पुगेपछि दैनिक उपभोग्यका सामान, खाद्यान्न ढुवानी सुपथ मूल्यमा पाइएको भन्दै स्थानीय खुसी भएका छन् । भौगोलिक रुपमा विकट धौलीगाडवासीको सुविधाको लागि सडकलाई प्राथमिकता दिएको नगर प्रमुख हंस राज भट्टले बताए ।

साथै उहाले यातायातका साधनलाई सामग्री आयात गर्ने मात्र नभई स्थानीय उत्पादनलाई बजारीकरण गरी आफूलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिनेमा जोड दिनुभयो । नगरपालिका भित्रका सबै बस्तीलाई सडक सञ्जालले जोड्ने योजना अन्र्तरगत नगरपालिकाको २० लाख रुपैयाँको लागतमा गत आर्थिक वर्षदेखि सडक निर्माण गरिएको थियो ।

frontline

आइतवार नगरप्रमुख हंसराज भट्टले धौलीगाड सडकको निरीक्षण गरेका छन् । भौगोलिक रुपमा विकट गाउँमा सडक पुगेको खुशियालीमा स्थानीयवासीले नगरप्रमुखलाई गाउँमा फूलमालाले भव्य स्वागत गरेका छन् । सडक निरीक्षण कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष कल्याण सिंह कुवर, वडा नम्बर ३ का अध्यक्ष पदम महरा, वडा नम्बर ४ का अध्यक्ष पुस्कर राज जोशी र ५ का अध्यक्ष तोरन प्रसाद अवस्थीकोे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here