ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

२१ पुस, हेटौँडा । हेटौँडा काठमाडौँ कान्तिलोकपथ अन्तर्गत सिमात भन्ने ठाउँमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा ट्रयाक्टर चालक कैलाली, सेतीलालपुरका २८ वर्षीय मीनबहादुर बुढामगर रहेको र अन्दाजी ३६ वर्षका अर्का एकजनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

frontline

मकवानपुरको ठिंगनबाट फास्ट ट्र्याक निर्माणमा प्रयोग हुने सामग्री लिएर हेटौंडातर्फ आउँदै गरेको ना ४ त ६०७५ नम्बरको ट्रयाक्टर सडकबाट अन्दाजी करिब २५० मिटर तल खसेको र ट्रयाक्टरमा सवार दुवैजना गम्भीर घाइते भई हेटौँडा अस्पताल ल्याउँदा चिकित्सकले दुवैलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here