ट्रम्पले दिएको जिम्मेवारीबाट बिदा हुँदै मस्क

News Summary
Generated by OK AI. Editorially reviewed.
- अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको खर्च कटौती कार्यदलको नेतृत्व ‘अन्त्यतिर’ पुगेको बताए।
- मस्कले आफ्नो कार्यकाल अन्त्य भएको बताएका छन् र ट्रम्पलाई धन्यवाद व्यक्त गरेका छन्।
- ह्वाइट हाउसका अधिकारीका अनुसार मस्कको कार्यकाल बुधबार रातिदेखि समाप्त हुनेछ।
१५ जेठ, काठमाडौं । अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको खर्च कटौती कार्यदलको नेतृत्व गर्ने समय ‘अन्त्यतिर’ पुगेको बताएका छन् ।




मस्कले यस वर्षको सुरुदेखि स्थापना गरिएको सरकारको दक्षता विभाग (डज) को नेतृत्व मस्कलाई दिएका थिए । त्यसलाई सरकारी खर्च कटौतीको योजना बनाउने र कार्यान्वयनमा लैजाने जिम्मा थियो ।
‘विशेष सरकारी कर्मचारी’को रूपमा नियुक्त उनलाई हरेक वर्ष १३० दिनसम्म सरकारी काम गर्न अनुमति दिइएको थियो । ट्रम्पले राष्ट्रपति पद सम्हालेको जनवरी २० को सुरुदेखि गन्दा उनले मेको अन्त्यतिर त्यो सीमा पूरा गर्नेछन् ।
त्यसैले मस्कले एक्समा आफ्नो कार्यकाल अन्त्यतिर आइपुगेको बताएका छन् । आफूलाई दिइएको भूमिकाका लागि ट्रम्पलाई उनले धन्यवाद पनि दिएका छन् । ‘अनावश्यक खर्च घटाउने अवसर दिएकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिन चाहन्छु,’ मस्कले एक्समा ट्रम्पलाई मेन्सन गर्दै लेखेका छन् । उनले समयसँगै डज नामको सरकारी निकाय अझ बलियो हुँदै जाने र खर्च कटौती सरकारको जीवनशैली बन्ने विश्वास व्यक्त पनि गरेका छन् ।
ह्वाइट हाउसका एक अधिकारीका अनुसार मस्कको कार्यकालको समाप्ति बुधबार रातिदेखि सुरु हुनेछ ।
मस्कको योजना अनुसार अमेरिकी सरकारले केही संघीय एजेन्सी र अनुदान सहायताका कार्यक्रमहरू बन्द गरेको छ भने सरकारी कर्मचारीको संख्या पनि कटौती गरेको छ । यसबाट ट्रम्प र मस्क विवादमा परेका थिए ।
डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डज)का प्रमुख एवं टेक कम्पनी एक्सका मालिक एलन मस्कले भने खर्च कटौती नगरे अमेरिका टाट पल्टिने चेतावनी दिँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्