ट्रम्पले किन भने- म पुटिनसँग निकै रिसाएको छु

१८ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित भएपछि पहिलोपटक रूसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध आक्रोश पोखेका छन् ।

ट्रम्पले एनबीसी न्युजलाई दिएको अन्तरवार्तामा आफू रुसी राष्ट्रपति पुटिनसँग निकै रिसाएको र निराश भएको बताएका हुन्।

frontline

ट्रम्पका अनुसार पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विश्वसनीयतामाथि हमला गरेका छन् ।

यसै अन्तरवार्तामा ट्रम्पले यदि पुटिन युद्धविराममा सहमत नभए रूसबाट तेल किन्ने देशहरूलाई ५० प्रतिशत भन्सार शुल्क लगाउन सक्ने बताएका छन्।

ट्रम्पले भने, ‘यदि रूस र म युक्रेनमा रक्तपात रोक्ने सहमति गर्न सक्दैनौं भने मलाई लाग्छ यो रूसकै गल्ती हो, यस्तोमा म रूसबाट आयात हुने सबै तेलमा थप कर लगाउनेछु।’

ट्रम्पको यस भनाइमा हालसम्म अमेरिकी राष्ट्रपति कार्यालयको कुनै आधिकारिक प्रतिक्रिया भने आएको छैन।

युरोपेली नेताहरूलाई ट्रम्प युक्रेन युद्धविरामबारे छलफल गर्दा पुटिनको नजिक जाँदैछन् भन्ने चिन्ता थियो ।

पछिल्ला छ हप्तामा ट्रम्पले जेलेन्स्कीसँग कडा मागहरू राखेका थिए भने पुटिनको पक्षमा केही कुरा अघि सारेका थिए।

एनबीसी न्युजका अनुसार ट्रम्पले १० मिनेट लामो फोन अन्तर्वार्तामा आफू पुटिनको व्यवहारका कारण निकै रिसाएको र निराश भएको बताएका हुन् ।

यद्यपि, केही समयअघि ट्रम्पले नै जेलेन्स्कीलाई तानाशाह भनेका थिए र उनले चुनाव गराउनुपर्ने माग राखेका थिए।

डोनाल्ड ट्रम्पभ्लादिमिर पुटिन

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here