ट्रम्पलाई स्वागत गर्न साउदी, कतारका नेताहरु उत्सुक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो विदेश भ्रमणका लागि मध्यपूर्वका तीन मुलुकको भ्रमणमा निस्केका छन् । दोस्रो पटक राष्ट्रपति बनेपछि ट्रम्पको पहिलो औपचारिक विदेश भ्रमणको क्रममा साउदी अरेबिया, कतार र युएईको भ्रमण हुन लागेको हो ।

साउदी राजधानी रियादमा युवराज मोहम्मद बिन सलमानसँग भेट गरेपछि अरब मुलुकका नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन दोहा जानेछन् । पछिल्लो समय विश्वका विभिन्न मुलुकमध्ये साउदी अरेबियाले अमेरिकाले आगामी चार वर्षभित्र ६ सय अर्ब डलर लगानी गर्ने जनाएको छ । 

frontline

कतारका तर्फबाट ट्रम्पलाई निकै महँगो निजी जेट विमान उपहार दिन लागिएको समाचार बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here