ट्रकले ठक्कर दिँदा ट्यूसन पढ्न जाँदै गरेका किशोरको मृत्यु

५ पुस, जनकपुरधाम । सर्लाहीको लालबन्दी नगरपालिकास्थित पूर्व-पश्चिम राजमार्गमा ट्रकले ठक्कर दिँदा ट्यूसन पढ्न जाँदै गरेका एक किशोरको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.३ख ७९९० नम्बरको ट्रकको ठक्करबाट सर्लाहीकै चन्द्रनगर गाउँपालिका-१ रतनपुरका १७ वर्षीय दीपेन्द्र कुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

frontline

यादव लालबन्दीमा कोठा भाडामा लिइ स्थानीय जनज्योती माविको कक्षा ९ मा अध्ययन गरिरहेका थिए ।

सोमबार बिहान ट्यूसन पढ्न जादै गर्दा सडक पार गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो ।

उनलाई तत्कालै नमूना अस्पताल हरिवन पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंलगवा पठाइएको प्रहरीको भनाइ छ ।

विद्यार्थीको सवारी दुर्घटनामा परेर मृत्यु भएपछि जनज्योति माध्यमिक विद्यालयले सोमबार एक दिनका लागि शोक विदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here