ट्युनिसियाली प्रधानमन्त्रीद्वारा नयाँ सरकार तम्तयार रहेको घोषणा

ट्युनिस, २६ असोज (रासस–सिन्ह्वा) ः ट्युनिसियाकी नवनियुक्त प्रधानमन्त्री नजला बौडेन रोमधानेले सोमबार आफ्नो सरकार तम्तयार रहेको घोषणा गर्नुभएको छ ।

कार्डेज दरबारमा आयोजित एक समारोहमा बौडेन र उहाँका मन्त्रिपरिषद्का सदस्यहरूले राष्ट्रपति कैस सइदसमक्ष शपथ लिनुभएको छ ।

frontline

चौबीस सदस्यीय नयाँ मन्त्रिपरिषद्मा आठ महिलासहित एक राज्यमन्त्री छन् । शपथपछि संक्षिप्त मन्तव्य दिंँदै रोमधानेले आफ्नो लक्ष्य “आत्मविश्वास र आशा पुनःस्थापित गर्ने र नागरिकहरूको आर्थिक र स्वास्थ्य सुरक्षाको सुनिश्चितता गर्ने“ रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “सबैभन्दा महत्त्वपूर्ण लक्ष्य मध्येको एक लक्ष्य भ्रष्टाचारविरुद्धको लडाइँ हो ।“ गत सेप्टेम्बर २९ मा सइदले रोमधानेलाई प्रधानमन्त्री नियुक्त गरेपछि हिचेम मेचिचीलाई पदबाट हटाएर २५ जुलाईमा जनप्रतिनिधिहरूको सभा (संसद्) को सबै गतिविधि निलम्बन गर्नुभएको थियो । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here