ट्याक्टर पल्टिँदा २ जनाको मृत्यु

३० कार्तिक, मोरङ । मोरङको बेलबारी ५ कसेनीमा ट्याक्टर पल्टिँदा त्यसमा सवार २ जना सहचालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा रंगेली  नगरपालिका १ का २२ वर्षीय विजय हेमरन र १५ वर्षीय अविनाश मनण्डी रहेका छन्।

frontline

सोमबार बेलुका ८ बजे को २ त ८६८८ नम्बरको ट्याक्टरले इन्द्र दर्जीको खेत जोती बाटोमा निस्कने क्रममा उक्त ट्याक्टर पल्टिँदा घाइते भएका दुवै जनाको कोसी अस्पताल विराटनगरमा उपचारको क्रममा राति साढे १० बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

ट्याक्टर र चालक रंगेली नगरपालिका १ का २७ वर्षीय आइती सतार टुडु इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here