ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

२७ मंसिर, काठमाडौं । दाङको दंगीशरण गाउँपालिका–३, एकलीमा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ ।

दंगीशरण गाउँपालिका–६, थपगाउँका १७ वर्षीय सुदीप चौधरीको मृत्यु भएको हो ।

frontline

उनको उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

हिजो बेलुका करिब साढे ८ बजे रा१त ४५९३ नम्बरको गुडिरहेको ट्याक्टरबाट चौधरी अचानक खसेका थिए ।

ट्याक्टर नियन्त्रणमा रहेको र चालक फरार रहेकाले खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय टेकलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here