टोखा नगरउपप्रमुख डंगोलले प्रयोग गर्दै आएको गाडी अब बिरामीको उपचारमा

फ्रन्टलाइन पालिका । टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले आफूले चढ्दै आएको गाडी बिरामीका लागी प्रयोग गर्न दिनुभएको छ । नगरपालिकामा कोरोना संक्रमितको संख्या बढिरहेको भन्दै उपप्रमुख डंगोलले एम्बुलेन्स प्रर्याप्त नभएको र गंभिर प्रकृतिका बिरामीलाई अस्पताल जान र आउन समस्या भएकोले बिरामीलाई अस्पताल पुर्याउनका लागी आफूले चढ्दै आएको गाडी दिएको जानकारी दिनुभयो ।

नगर उपप्रमुख ज्ञानमाया डंगोलको गाडी निषेधाज्ञा अवधिभर गंभिर प्रकृतिका बिरामीहरुको उपचारका लागी अस्पताल लैजान प्रयोग गरिनेछ । सो गाडी बिरामीको उपचारमा प्रयोग गर्न शुरु गरिसकिएको नगरपालिका श्रोतले जनाएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here