टोखामा जनगणना सम्बन्धी स्थानीय सचेतना गोष्ठी सम्पन्न
टोखा नगरपालिकामा जनगणना सम्बन्धी स्थानीय सचेतना गोष्ठी सम्पन्न भएको छ ।
स्थानीय जनगणना कार्यालय धापासी टोखा नगरपालिकाको आयोजना तथा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीको संयोजकत्वमा राष्ट्रिय जनगणना २०७८ सफल पार्ने सम्वन्धि स्थानीय सचेतना गोष्ठीमा नगर उपप्रमुख ज्ञानमाया डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य, टोखा नगरपालिकाका ११ वटै वडाका वडाध्यक्षहरु, स्थानीय राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, जिल्ला जनगणना कार्यालय जोरपाटी, काठमाडौं “क“ का सहायक जिल्ला जनगणना अधिकारी, महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी निरिक्षक, तिलिङ्गाटार मा वि. का.प्रधानाध्यापक, स्थानीय जनगणना समन्वय समितिका सदस्यहरु एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रम टोखा नगरपालिका वडा नं.७ मा रहेको तिलिङ्गाटार मा।विको सभा हलमा भएको थियो ।स्थानीय जनगणना अधिकारी मधुसुदन मिश्रले कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत मन्तव्यका साथ २०७८ वैशाख २६ देखि जेष्ठ १४ र जेष्ठ २५ देखि असार ८ सम्म दुई चरणमा हुने गणनाको विषय माथि प्रकाश पार्नु भएको थियो भने राष्ट्रिय जनगणना २०७८ परिचय र संचालन, वडास्तरीय राष्ट्रिय जनगणना सहजीकरण समिति सम्वन्धि प्रस्तुती टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं स्थानीय जनगणना समन्वय समितिका संयोजक प्रकाश आचार्य र स्थानीय जनगणना अधिकारी मधुसुदन मिश्रले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा प्रस्तुती पश्चात राष्ट्रिय जनगणनमा स्थानीयस्तरको भुमिका र निर्वाह गर्नु पर्ने सहयोग आदि कार्यका सम्वन्धमा सहभागिहरुलाई खुल्ला रुपमा छलफलमा सहभागि गराईएको थियो ।
सो अवसरमा उठेका विविध जिज्ञासाहरुको सहज रुपमा स्थानीय जनगणना अधिकारीवाट सम्वोधन भएको थियो भने सहभागिहरु मध्येवाट नेपाली काग्रेसका टोखा नगर सभापति वसन्त श्रेष्ठले राजनैतिक दलको भुमिका कानुनमा स्पष्ट नदेखिएको त्यस्ता कानुनहरु निर्माण गर्दा ध्यान दिनु पर्ने, नगरपालिका तथा वडास्तरवाट व्यापक प्रचार प्रसार गरी राष्ट्रिय जनगणना २०७८ लाई सफल रुपमा सम्पन्न गराउनु पर्ने धारण राख्नु भएको थियो भने वडाध्यक्षहरुको तर्फवाट वडा नं। ९ का वडाध्यक्ष जोग प्रसाद नेपालले राष्ट्रिय जनगणना २०७८ लाई सफल पार्न जनप्रतिनिधि एवं राजनैतिक दलको भुमिका अहंम हुने धारणा राख्नु भएको थियो ।
नेकपा एमाले टोखा नगर कमिटी अध्यक्ष सत्य नारायण डंगोलले स्थानीय भाषा, भूगोल जानेको कर्मचारी ९गणकरसुपरिवेक्षक० भए अझ थप व्यवस्थित हुने धारणा राख्नु भएको थियो ।
उक्त कार्यक्रममा नगर उप(प्रमुख ज्ञानमाया डंगोलले विगतको आफ्नो सुपरिवेक्षकको अनुभव समेत सुनाउदै राष्ट्रिय जनगणना २०७८ लाई सफल वनाउन नगरपालिकाको तर्फवाट एवं आफ्नो व्यक्तिगत तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
जिल्ला जनगणना कार्यालय जोरपाटी, काठमाडौं क का सहायक जनगणना अधिकारी श्री पर्शुराम वि। क।ले कार्यक्रमका वारेमा आफ्नो धारणा राख्दै गणनाका प्रश्नावलीले खोजेका विवरणहरु यथार्थ परक रुपमा संकलन गर्नको लागि कर्मचारीहरुलाई सहयोग गर्नु पर्ने भनाई राख्दै उपस्थित सम्पूर्णलाई विशेष धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
टोखा नगरपालिकाका अधिकृत अनिल प्रसाद जोशीले समग्र गोष्टीको टिप्पणी कर्ताको भूमिका निर्वाह गर्नु भएको थियो ।
स्थानीय जनगणना अधिकारी मधुसुदन मिश्रले स्थानीय जनगणना कार्यालय, धापासी टोखा नगरपालिकाको आमन्त्रणलाई स्वीकार गरी पाल्नु हुने नगर प्रमुख, उप(प्रमुख, वडाध्यज्यूहरु, स्थानीय राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापक लगायत सवै उपस्थित महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
उक्त कार्यक्रमका संयोजक नगर प्रमुख प्रकाश अधिकारीवाट राष्ट्रिय जनगणना २०७८ लाई सफल वनाउन वडाध्यक्ष, वडा समिति,सम्पूर्ण जनप्रतिनिधीहरु, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु एवं सवै कर्मचारीहरुलाई अनुरोध गर्दै नगरपालिकाको तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्