टेलिनेटको कार्यालयमा छापा, सञ्चालकलाई विभागमा उपस्थित हुन निर्देशन
१० पुस, काठमाडौं । सूचना तथा प्रसारण विभागले टेलिनेट प्रालिको कार्यालयमा छापा मारेको छ ।
तर, छापा मार्न भन्दै विभागको टोली पुग्दा टेलिनेटका सञ्चालकहरू भने कार्यालयमा उपस्थित थिएनन् ।
सञ्चालकलाई नभेटेपछि टोलीले टेलिनेटका कर्मचारीसँग अल्ट बालाजी र सोनिलिभका सामग्रीबारे के आधारमा नेपालमा प्रसारण गरेको भन्दै सोधपुछ गरेका थिए ।
प्रसारण अनुमतिको प्रमाणपत्र मागेपछि कर्मचारीले देखाउन नसकेकाले टोलीले पत्र काटेर टेलिनेटका सञ्चालकलाई आइतबार विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्