टेकु अस्पतालको निर्देशकमा डा.अनुप बास्तोला नियुक्त
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.अनुप बास्तोला नियुक्त भएका छन् ।
हालका निर्देशक डा. सागर राजभण्डारीले मंगलबारदेखि अवकाश पाउने भएपछि उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरिय निर्णयबाट निर्देशक नियक्त गरिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
११ औं तहका बास्तोला यसअघि अस्पतालका प्रमुख कन्सल्ट्यान्ट थिए ।
कास्कीमा जन्मिएका ३८ वर्षीय डा. बास्तोलाले थाइल्याण्डको महिडोल विश्वविश्वद्यालबाट ट्रपिकल मेडिसिनमा एमडी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट छाला तथा यौन रोगका एमडी गरेका छन् ।
स्वाइन-फ्लु, डेंगु र एड्स रोगविरूद्व काम गरेका डा. बास्तोलाले कोरोना महामारीमा अग्रपंक्तिमा रहेर काम गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्