टुकुचा खोलामाथि बनेका घरहरू नभत्काउन उच्च अदालतको आदेश

२ असोज, काठमाडौं । उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोलामाथि बनेका जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका घरहरु नभत्काउन आदेश दिएको हो ।

frontline

यी घरहरु काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका छन् । जुन टुकुचा खोलाको सुरुङमाथि बनेका छन् । तर, अदालतले कानुनी प्रक्रिया नपुर्याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

यसैगरी अदालतले अल्पकालीन अन्तरिम आदेश दुवै पक्षको बहस सुनेर मात्र दिइने पनि भनेको छ । अदालतको आदेशमा भनिएको छ, ‘निज निवेदकहरूमाथि उल्लिखित जग्गामा बनेको घर कानुनबमोजिम रित नपुर्‍याई वा उचित क्षतिपूर्ति नदिई भत्काउने कार्य नगर्नू÷नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here