टी–२० विश्वकप : ग्लोबल क्वालिफायरका लागि नेपाली टोली घोषणा

फाइल तस्बिर

 ६ माघ, काठमाडौं । नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरका लागि टोली घोषणा गरेको छ।

बिहीबार नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो।

frontline

नेपालले सन् २०२२ मा हुने आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि सिधै ग्लोबल छनोट खेल्ने अवसर पाएको हो।

उक्त विश्वकपमा १६ राष्ट्र सहभागी हुने आईसीसीले तय गरेको छ।

अष्ट्रेलियामा टी–२० विश्वकप क्रिकेट हुँदैछ। सो प्रतियोगिताको पुछारमा रहने चार टोली, क्षेत्रीय छनोटबाट आएका टोलीसँगै नेपाल, संयुक्त अरब इमिरेटस् (युएई), हङकङ र जिम्बाबेले सोझै ग्लोबल छनोट खेल्न पाउने अन्तर्राष्टिय क्रिकेट परिषद् (आइसीसी) ले जनाएको छ।

टी–२० क्रिकेटको अन्तर्राष्ट्रिय बरियताका आधारमा नेपालसहितका चार देशलाई सोझै ग्लोबल छनोट खेल्न अनुमति दिइएको हो।

टी–२० विश्वकपको गत संस्करणमा नेपाल क्षेत्रीय छनोटमा पराजित भएपछि ग्लोबल छनोटसम्म पुग्न सकेको थिएन। 

को-को छन् नेपाली टीममा ?

सन्दीप लामिछाने
कुशल भुर्तेल
आशिफ शेख
दीपेन्द्रसिंह ऐरी
ज्ञानेन्द्र मल्ल
शरद भेषावकर
आरिफ शेख
करण केसी
जितेन्द्र मुखिया
अविनाश बोहरा
शाहब आलम
कुशल मल्ल
कमलसिंह ऐरी
विवेक यादव
प्रदीप ऐरी
लोकेश बम

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here