टी–२० लिगमा आज काठमाडौं र फार वेष्ट तथा जनकपुर र विराटनगर खेल्दै

११ पुस, काठमाडौं । नेपाल टी–२० क्रिकेट लिगमा आज काठमाण्डौ नाइट्स र फार वेष्ट युनाइटेड तथा जनकपुर रोयल्स र विराटनगर सुपर किङ्ग्स खेल्दैछन् ।

काठमाडौं र फार वेष्टको खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा हुने छ भने कीर्तिपुर मैदानमै जनकपुर र विराटनगरको खेल दिउँसो १ बजे हुनेछ ।

frontline

काठमाण्डौ आज दोस्रो जितको खोजीमा हुने छ भने यसअघिको खेल हारेको फार वेष्ट पहिलो जितको खोजीमा हुनेछ ।

यस्तै, जनकपुर पनि आज दोस्रो जित निकाल्न चाहन्छ । विराटनगरले यसअघिको खेल हारेको थियो । हिजो भएको खेलमा लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्स विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here