टि ट्वान्टी सिरिजका लागि ज्ञानेन्द्रको कप्तानीमा नेपाली टिमको घोषणा

फ्रन्टलाइन, खेल । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि १५ सदस्सीय नेपाली टिमको घोषणा गरेको छ । क्यानले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टिम घोषणा गरेको हो ।

बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट क्यानले १५ सदस्सीय नेपाली टिम घोषणा गरेको हो । बन्द प्रशिक्षणमा रहेका मध्येबाट ललित नारायण राजवंशी,सन्दीप जोरा, बिक्रम सोब, पवन सर्राफ र लोकेश बम बाहिरिएका छन् । नेपालले घरेलु भूमिमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ । सिरिज टियु क्रिकेट मैदानमा बैशाख ४ देखि ११ गतेसम्म (अप्रिल १७–२४) हुनेछ ।

frontline

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल बैशाख ४ गते हुनेछ । खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ । नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । नेपालले तेस्रो खेल नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ । यस्तै नेपालले अन्तिम लिग खेल बैशाख ९ गते मलेसियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here