टिपरले च्यापेर एक जनाको मृत्यु

११ पुस, तानसेन । पाल्पामा टिपरले च्यापेर एक जनाको मृत्यु भएको छ। सोमबार बिहान साढे ५ बजे निस्दी गाउँपालिका वडा नं ७ ज्यामिरेमा  रोकेर राखेको चुनढुङ्गाको टिपर अचानक गुडी  टिपरका सहचालक  सुर्खेतका चिनगाड गाउँपालिकाका २७ वर्षीय जीतबहादुर चलाउनेको मृत्यु भएको हो।

टिपरले च्याप्दा गम्भीर बनेका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताए। 

frontline

हावा भर्न रोकेको टिपरका सहचालक चलाउनेको दुवै टिपरको बीचमा च्याप्पिएर निधन भएको  पाल्पा प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here