टिपरले किचेर युवकको मृत्यु

१९ पुस, दोलखा । दोलखाको बैतृश्वर गाउँपालिका १, गैरीमुदीमा एक युवकको मृत्यु भएको छ।  मंगलबार बा३ ख ८८०७ नम्बरको टिपरले किचेर स्थानीय २८ वर्षीय विक्रम तामाङको मृत्यु भएको हो। 

तामाङलाई सोही  वडाको जलेश्वर मन्दिर नजिकै टिपरले व्याक गर्ने क्रममा किचेको बैतेश्वर १ को वडाध्यक्ष भीमबहादुर तामाङले जानकारी दिए। 

frontline

जलेश्वर मन्दिरको सिँडी निर्माण गर्ने क्रमामा खटिएका उनलाई आज बिहान टिपरले किचेको हो। सिँडी निर्माणको उपभोक्ता समितीको सदस्य रहेको उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष तामाङले बताए। 

उनको शव घटनास्थलमा नै रहेको र चालक प्रहरीको नियन्त्रणमा  छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here