टिपरको ठक्करबाट बालिकाको मृत्यु, सप्तरीको रुपनी तनावग्रस्त

फाइल तस्बिर

५ पुस, काठमाडौं । सप्तरीको रुपनीमा टिपरको ठक्करबाट मंगलबार एक बालिकाको मृत्यु भएको छ । ना१क ८५४२ नम्बरको टिपरले टक्कर दिँदा विद्यालय हिँडेकी १२ वर्षीया रीताकुमारी यादवको मृत्यु भएको हो ।

बालिकाको मृत्युपछि स्थानीय आक्रोशित बनेका छन् । उनीहरूले सडक अवरुद्ध गरेका छन् ।

frontline

सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले विद्यार्थी र स्थानीयले ‘आन्दोलन’ गरेपछि स्थिति तनावग्रस्त बनेको बताए ।

“रुपनी सडकखण्डमा चक्काजाम भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ,” उनले भने ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रजिअ थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here