टिकटक बनाउने क्रममा नारायणीमा वेपत्ता

११ असार, चितवन । नारायणी नदिमा खसेका एक युवा तीन दिन देखि वेपत्ता भएका छन् । विहिबार विहान ९ः५० बजे भरतपुर ४ शिवघाट स्थित नारायणी नदी किनारमा भरतपुर मिलनचोकका २१ वर्षिय युवा विनित घिमिरे वेपत्ता भएका हुन् ।

घिमिरेको तीन दिनदेखि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनिसंगै गएका साथिले टिकटक बनाउने क्रममा नदीमा खसेर वेपत्ता भएको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

frontline

घटनापश्चात नेपाल प्रहरी,शशस्त्र प्रहरीको सहयोगमा स्थानीले खोजीकार्य जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here