टर्की भूकम्प : दक्षिणी भागका १० प्रान्तमा ३ महिनासम्म आपतकाल घोषणा

२५ माघ, अंकारा  । सोमबारको शक्तिशाली भूकम्पका कारण जनधनको क्षति भएपछि टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले देशको दक्षिणी भागका १० प्रान्तमा आपतकाल घोषणा गरेका छन्।

टेलिभिजनमा प्रसारित सन्देशमा अर्दोआनले यो आपतकाल ३ महिनाको लागि हुने बताएका छन्। टर्कीमा गएको भूकम्पका कारण टर्की र छिमेकी देश सिरियामा करिब ७ हजार ८ सय जनाको ज्यान गएको छ भने हजारौं घाइते भएका छन्।
 
यसअघि टर्कीका आन्तरिक मन्त्री सुलेमान शोयलुले भूकम्पले देशका १० सहर काहमानमार्श, हाताय, गाजियन्टेप, उस्मानी, अदियामान, सानलिउर्फा, मालत्या, अडाना, दियारबाकिर र किलिसमा ठूलो प्रभाव पारेको बताएका थिए।

frontline

तीन महिनाको आपतकाल लगाउनुको कारण टर्कीमा आगामी मे १४ मा राष्ट्रपति र संसदीय निर्वाचन हुन लागेको छ। यी चुनावअघि नै आपतकाल अन्त्य हुनेछ।

यसअघि सन् २०१६ को जुलाईमा अर्दोआनले कूको प्रयासपछि पूरै देशमा संकटकाल लगाएका थिए। अर्दोआनले राहत र उद्धार कार्यमा करिब ७० देशले सहयोग गर्न हात अघि बढाएको पनि बताएका छन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here