टर्कीमा भूकम्पमा मृत्यु भएकाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

फाइल तस्बिर।

२३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्कीमा भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका  छन्।

प्रधानमन्त्री प्रचण्डले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा समवेदना प्रकट गरेका छन् 

frontline

सोमबार बिहान ४:१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै ७.८ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पमा परी करिब २३० जनाले ज्यान गुमाएको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here