टर्कीमा छुरा प्रहार गरी हत्या गरिएका पाँच अफगानीको शव फेला

२५ कात्तिक, अङ्कारा । टर्कीको प्रहरीले राजधानी अङ्काराको एउटा घरमा छुरा प्रहार गरी हत्या गरिएका पाँच जना अफगान नागरिकको शव फेला पारेको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् ।

पाँच जना पुरुषहरूको शव बिहीबार अङ्काराक अल्टिन्डाग जिल्लाको ओन्डर नजिकमा फेला परेको थियो ।   सो घरमा थुप्रै सिरियाली र अफगान आप्रवासीहरूको बसोबास भएको दैनिक हुर्रिएट डेली न्युजले  उल्लेख  गरेको छ।

frontline

अङ्कारा अभियोजकको कार्यालयले जनाए अनुसार एक शव पछाडिबाट हतकडी लगाएको  र वार्डरोब भित्र फेला परेको थियो भने अन्य चार बैठक कोठामा फेला परेको थियो।  टर्किमा ५० लाखभन्दा बढी आप्रवासीहरू छन् जसमध्ये  ३७ लाखभन्दा बढी सिरियाका छन्। 

त्यसैगरी, अफगानिस्तानीहरू दोस्रो ठूलो आप्रवासी समुदाय हो। अहिले यहाँ शरणार्थीहरूको तीव्र दबाब बढेको छ। रासस/सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here