झिनो अंकले बढ्यो सेयर बजार

६ मंसिर, काठमाडौँ । साताको दोस्रो दिन सेयर बजार (नेप्से) परिसूचक झिनो अंकले बढेको छ ।

यस दिन नेप्से ७.९० अंकले बढेर २७६५.४३ बिन्दुमा पुगेको छ । आइतबार घटेको बजार सोमबार भने बढेको हो ।

frontline

यस दिन कारोबार रकम भने बढ्न सकेन । कारोबार रकम ३ अर्ब ९२ करोडमा सीमित भएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स समेत १.२१ अंकले बढेर ५१९.४६ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका २ सय २५ कम्पनीका ७५ लाख ६५ हजार ५ सय १० कित्ता सेयर ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६ सय २७ रुपैयाँमा कारोबार भयो ।

यसदिन महिला लघुवित्त वित्तीय संस्था, चन्द्रागिरि हिल्सलगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here