झापामा वृद्धाको हत्या, युवक पक्राउ

२६ फागुन, झापा । झापाको मेचीनगर नगरपालिका-५ मा एक वृद्धाको हत्या भएको छ । बुधबार साँझ घाँस काट्न गएकी स्थानीय ६८ वर्षकी अम्बिका कुँवरको हत्या भएको हो ।

साँझसम्म घर नआएपछि खोज्न जाँदा उनको श्रीमानले घरदेखि २०० मिटर पर शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

frontline

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी बसन्त पाठकका हत्या आरोपमा मेचीनगर नगरपालिका- ५ का २७ वर्षका रणबहादुर बस्नेत पक्राउ परेका छन् ।

उनीहरुबीच पारिवारिक विवाद रहेको र त्यही विषयलाई लिएर हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए ।

घटनाको अनुसन्धानका लागि प्रहरीले संघीय इकाइ धरानबाट दुईवटा कुकुर ल्याएको थियो ।

कुकुरकै सहयोगमा युवकलाई पक्राउ गरेको डीएसपी पाठकले बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here