झापामा महिलाको शव फेला

झापा । झापाको अर्जुनधारा–६ स्थित विहानी टोलमा सोमबार बिहान एकजना महिलाको शव फेला परेको छ।

झापाको खुदुनावारी घर भई उक्त ठाउँमा भाडामा बस्दै आएकी ४५ वर्षीया सावित्रा खड्का विश्वकर्माको शव भेटिएको हो।

frontline

ट्रान्सफर्मरको मुनि बिजुलीको पोलसँग जोडिएको अवस्थामा खड्काको शव भेटिएको डीएसपी सन्तोष आचार्यले जानकारी दिए।

ट्रान्सफर्मर मुनि अर्थिङको तारले छोएको जति भाग डढेको अवस्थामा महिलाको शव भेटिएको उनले बताए।

गएराति १० बजे मादक पदार्थ सेवन गरेर कराउँदै हिँडेको अवस्थामा स्थानीयले उनलाई फेला पारेका थिए।

श्रीमान्सँग बेलुका झगडा गरेर हिँडेकी सावित्राले मुठ्ठीमा बोकेको सात हजार सातसय रुपैयाँ फेला परेको छ।

प्रहरीका अनुसार उनले आइतबार आफूसँग भएको सुन धरौटी राखेर पैसा ल्याएकी थिइन्।

करेन्ट लागेर उनको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएपनि घटनाको अनुसन्धान सुरु गरिने डीएसपी आचार्यले बताए। 
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

फ्रन्टलाइन अर्जुनधारा

poster-here