झापामा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

फाइल तस्बिर

१३ साउन, काठमाडौं । झापाका विभिन्न स्थानमा भारी वर्षा भएको छ । जिल्लाको शनिश्चरे, चन्द्रगढी, केचना तथा इलाम र झापाको सीमा आसपास केही स्थानमा गएरातिदेखि अति भारी वर्षा भएको छ ।

मेची, विरिङ, निन्दा, अदुवाखोलालगायत साना खोलामा बाढीको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

frontline

तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here