झापाका दुई पत्रकार वडाध्यक्षमा निर्वाचित
३ जेठ, झापा । झापाका दुई जना पत्रकार वडाध्यक्षमा निर्वाचित भएका छन् । प्रेस चौतारीमा आवद्ध दुवै जनाले गठबन्धनलाई पराजित गरेर प्यानल नै विजयी हासिल गरेका हुन् ।
बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा अनिल वाग्ले निर्वाचित भएका छन् । उनी स्थानीय पूर्वेली साप्ताहिकका सम्पादकको रुपमा कार्यरत थिए ।
बुधबारे जेसीजमा अध्यक्ष भएर काम गरिसकेका वाग्ले प्रेस चौतारी झापा र नेपाल पत्रकार महासंघ झापाको कार्यसमिति सदस्य हु्न् ।
जेसीजमा अध्यक्ष भएर उत्कृष्ट काम गरेर चर्चा कमाएका वाग्लेले नेकपा एमालेबाट वडाध्यक्ष जितेका हुन् । उनले भारी मतान्तरमा वडाध्यक्ष पदमा विजयी भएका छन् ।
यस्तै, कमल गाउँपालिका वडा नं। ३ मा निर्वाचित अग्नि कोइराला लामो समयदेखि प्रेस चौतारीमा आवद्ध थिए । उनले पनि नेकपा एमालेबाट वडाध्यक्ष पद्मा विजय हासिल गरेका छन् ।
नेपाल पत्रकार महासंघको साधारण सदस्य कोइराला दमकबाट प्रकाशित न्यू मासलाईनका कार्यरत थिए ।
प्रतिक्रिया दिनुहोस्