झाँक्रीले हारेपछि एकीकृत समाजवादी गुल्मीका अध्यक्ष महतले दिए राजीनामा
७ मंसिर, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) गुल्मीका अध्यक्ष श्रीराम महतले बुधबार पदबाट राजीनामा दिएका छन् । केन्द्रीय सचिव रामकुमारी झाँकीलाई प्रतिनिधिसभा सदस्य पदमा जिताउन नसकेको भन्दै उनले राजीनामा दिएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामा दिएको जानकारी गराएका छन् । उनले लेखेका छन्, “गुल्मी क्षेत्र नम्बर–२ मा भएको पराजयको नैतिक जिम्मेवारी लिँदै पार्टी जिल्ला अध्यक्ष पदबाट राजीनामा गरेको जानकारी गराउँदछु ।”
गुल्मी–४ मा झाँक्री नेकपा (एमाले)का सचिव गोकर्ण विष्टसित पराजित भएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्