ज्वालामुखी विष्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु, हजारौं विस्थापित

१९ मंसिर, इन्डोनेसिया ।  जाभा टापुमा ज्वालामुखी विष्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

दर्जनौं घाइते भएको सीएनएनमा समाचार छ । विष्फोटपछि माउन्ट सुमेरुबाट खरानी निस्कीएको र जसले स्थानीयलाई नराम्ररी असर पारेको छ ।

frontline

पूर्वी जाभा प्रान्तको माउन्ट सेमेरुमा ज्वालामुखी विष्फोट हुँदा हजारौं विस्थापित भएका छन् ।

विष्फोटमा दुई गर्भवती सहित ९८ जना घाइते भएका छन् । मृत्यु हुनेको संख्या बढन सक्ने भनिएको छ ।

ज्वालामुखीबाट निस्कीएको बाक्लो धुँवाले गाउँनै अन्धकार बनाएको थियो । ज्वालामुखीका कारण फसेका स्थानीयहरुलाई सुरक्षित स्थानमा लगिएको छ ।

इन्डोनेसियाको प्रकोप न्यूनीकरण एजेन्सीले ज्वालामुखी विष्फोटमा परी घाइतेहरुको उपचार भइरहेको जनाएको छ ।

विष्फोटपछि त्यस क्षेत्रमा बिजुली र टेलिफोन सेवा अवरुद्द छ ।
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here