ज्वालामुखी गाउँपालिकालाई पर्यटकीय स्थल बनाउन जोड दिनु पर्ने : टान अध्यक्ष खुम सुवेदी
२७ पुस, काठमाडौं । ज्वालामुखी गाउँपालिकालाई पर्यटकीय स्थल बनाउन जोड दिनु पर्ने टानका अध्यक्ष खुम सुवेदीले बताउनु भएको छ ।
पर्यटनको विषयहरुमा ज्वालामुखिका पर्यटन व्यवसायीहरु र ज्वालामुखि गाउपालिका बिचको सर्वदलिय बृहत छलफल कार्यक्रममा बोल्दै उहाँले ज्वालामुखी गाउपालिकालाई पर्यटकीय स्थल बनाउन जोड दिनु पर्ने र गाउपालिका लाई पर्यटकीय नमुना भनेु चिनाउने टानका अध्यक्ष सुवेदीले बताउनु भएको हो ।
पर्यटनलाई आफुले गाउपालिकाको कार्यविधिमा राखेको ज्वालामुखी गाउपालिकाको अध्यक्ष विनोद प्रसाद तिल्सिनाले उक्त कार्यक्रममा बताउनु भएको थियो ।
त्यस्तै ज्वालामुखी गाउपालिकाको प्रत्येक वडामा गर्यटकीय स्थल रहेको र यसलाई विकास गर्ने जिमेवारी गाउपालिकाको रहेको उहाको भनाई छ ।
ज्वालामुखी गाउपालिकाको विकासको लागि सबै राजनैतिक दलहरु एक हुन् आवश्यक रहेको कार्यक्रममा सहभागीहरुले जानकारी गराएका थियो ।
पर्यटन बोडले ज्वालामुखी गाउपालिकालाई सक्दो सहयोग गर्ने नेपाल पर्यटन बोडका प्रमुख व्यवस्थापक सुनिल शर्माले उक्त कार्यक्रममा बताउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्